विकसित मुलुक चन्द्रमामा पुग्दा यहाँ भिडियो कन्फेरेन्सबाट तर्सिए ः सांसद रामनारायण बिडारी

विकसित मुलुक चन्द्रमामा पुग्दा यहाँ भिडियो कन्फेरेन्सबाट तर्सिए ः सांसद रामनारायण बिडारी

भदौ १२, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद बैठकको अध्यक्षता गरेको सामान्य विषयलाई प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय मुद्दा बनाएकोमा राष्ट्रियसभा सांसद रामनारायण बिडारीले आपत्ति जनाएका छन्।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद बिडारीले अन्य विषय उठाउन नसकेपछि प्रतिपक्षले अनावश्यक विषय उठाएर सरकारको विरोध गरिरहेको बताए।
विकसित मुलुक चन्द्रमामा परीक्षण गरिरहेका छन्। हाम्रो मुलुकमा भिडियो कन्फेरेन्सबाट किन तर्सिएको?’ सांसद बिडारीले थप प्रश्न गरे, ’अब इन्टरनेट नचलाउने त?’ प्रतिपक्ष कांग्रेसले एकछिनका लागि मात्रै मुद्दा उठाउने गरेकोमा पनि बिडारीको असन्तुष्टि थियो।
अस्तव्यस्त देश बनाउन खोज्नेहरू बेठिक र अनैतिक तन्त्रलाई लोकतन्त्र भनिरहेका छन्।’ हुकुमी तन्त्र मान्दै आएकाहरूले लोकतन्त्र नबुझेको उनको भनाइ थियो।

सम्बन्धित खवर