ज्येष्ठ नागरिकलाई भाडा छुट दिनुपर्छ ः मन्त्री भट्टराई

ज्येष्ठ नागरिकलाई भाडा छुट दिनुपर्छ ः मन्त्री भट्टराई

२०७६ भदौ १२ गते
पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्ष कटेका वृद्ध–वृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन गरी छाड्ने बताएका छन् । साथै उनले आन्तरिक पर्यटनमा भाडादरले असर पारेकाले पुनरावलोकन हुने बताए ।
एयरलाइन्स कम्पनीहरूले मन्त्रीको निर्णय कार्यान्वयन गर्न असजिलो हुने बताइरहेका बेला मन्त्री भट्टराईले सरकार र एयरलाइन्स कम्पनीको साझा दायित्व भएकोले लागू गरी छाड्ने दाबी गरे
चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले राज्यले नै सम्मान गर्नुपर्ने उमेरका वृद्धवृद्धालाई भाडा छुट दिन सकिने अवस्था देखेर नै निर्णय लिइएको प्रष्ट पारे ।
निजी एयरलाइन्स कम्पनीबाट विभिन्न टिका–टिप्पणी आएको उल्लेख गर्दै उनले छलफल गरेर यसलाई लागू गरिने बताए ।

सम्बन्धित खवर