प्रदेश १ का मन्त्रालयहरुरमा भ्रष्टाचारको आशंका, हिसाव सदनलाई जानकारी गराउन माग

प्रदेश १ का मन्त्रालयहरुरमा भ्रष्टाचारको आशंका, हिसाव सदनलाई जानकारी गराउन माग

१२ भाद्र २०७६,
१ नम्बर प्रदेशसभाका सांसदहरुले समाजिक विकास मन्त्रालय, भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा अनियमितताको आशंंका गरेका छन् ।
प्रदेशसभाको बैठकमा शून्य समय लिएर बोल्दै सांसदहरुले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयले असार अन्तिम समयमा बजेट रकमान्तर गरेर बजेटको दुरुपयोग गरेको दाबी गरे ।
यस्तै कतिपय सांसदहरुले कृषि मन्त्रालय र सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमको सूचीमा विचौलियालाई अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका सांसद हिमाल कार्कीले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयले असार अन्तिम समयमा बजेट रकमान्तर गरेर बजेटको दुरुपयोग गरेको आरोप लगाए । उनले पार्टी भित्रका पनि आफ्ना गुटका कार्यकर्तालाई बजेट दिइएको भन्दै रकमान्तर गरेको बजेटको फेहरिस्तबारे सदनलाई जानकारी गराउन माग गरे ।
यस्तै सत्तारुढ नेकपाका सांसद हिराकुमार थापाले कृषि र सामाजिक विकास मन्त्रालयले एउटै डालोमा बजेट राखेर कार्यक्रमको सूची सार्वजनिक गरेका कारण विचौलियाले चलखेल सुरु गरेको दाबी गरे । सार्वजनिक गरिएका कार्यक्रममा विचौलियाले चलखेल गर्ने प्रशस्त अवसर दिएको भन्दै सम्बन्धीत क्षेत्रका प्रदेश सांसदहरुलाई बेखबर राखेर योजनाहरु विचौलियामार्फत आउनु दुर्भाग्यपूर्ण रहेको दाबी पनि गरे ।
प्रदेश स्वायत्त संस्था गठन बिधेयक पारित
बुधवारको बैठकबाट प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ पारित भएको छ । उक्त विधेयकमाथि न्याय प्रशासन तथा विधायन समितिबाट पेश भएको प्रतिवेदन सहितको विधेयक पारित भएको हो ।
उक्त विधेयक पारित भएसँगै प्रदेशमा विकासका संरचना निर्माण गर्न र समृद्धिको निम्ति रोजगारी सिर्जना गर्न र गरिवि निवारण गर्न अहम भूमिका खेल्ने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले दाबी गरे ।
उनले निजी क्षेत्र, सार्वजनिक क्षेत्र र बाह्य क्षेत्रसमेतलाई लगानीको वातावरण सिर्जना गरी विधेयक ल्याएको बताए । प्रदेशसभाको अर्को बैठक भदौ १३ गते दिउँसो २ बजे बस्ने छ ।
ओबि

सम्बन्धित खवर