प्रदेशसभाको चौथो अधिवेशन भदौ अन्तिम साता समापन गर्ने तयारी

प्रदेशसभाको चौथो अधिवेशन भदौ अन्तिम साता समापन गर्ने तयारी

१२ भाद्र २०७६, बिहीबार
सरकारले १ नम्बर प्रदेशसभाको चौथो अधिवेशन भदौ अन्तिम साता समापन गर्ने तयारी गरेको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले केही महत्वपूर्ण विधेयकहरु संसदमा दर्ता भएको, कुनै समितिमा गएको जानकारी दिँदै भदौको अन्तिमसम्म संसद चल्ने जानकरी दिए । संसदमा हाल मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक, सहकारी विधेयक, प्रदेश विद्युत् सम्बन्धी विधेयक समितिमा छलफलको क्रममा रहेको र सवारी व्यवस्थापन सम्बन्धी विधेयक संसदमा दर्ता रहेको छ । ती विधेयक पारित भएसँगै संसद अन्त्य हुने भण्डारीले जानकारी दिए ।
यस्तै सभामुख भण्डारीले प्रदेशसभामा राजनीतिक दलहरुको भूमिका सकारात्मक रहेको पनि बताए । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले कानून निर्माण गर्ने सवालमा सबै दलहरु एकमत रहेको पनि बताए । केही दिन अगाडि प्रदेशसभाबाट लोकसेवा आयोग सम्बन्धी विधेयक पारित गर्ने क्रममा संघीय समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असहमति जाहेर गरेका थिए । यद्यपि अहिलेसम्म पारित १ नम्बर प्रदेशका विधेयकहरुमा दलहरुको असहमतिका कारण कुनै ठूलो विवाद सिर्जना भएको छैन ।

सम्बन्धित खवर