राजपाको अध्यक्ष मण्डल दुई धारमा देखियो

राजपाको अध्यक्ष मण्डल दुई धारमा देखियो

भाद्र १२, २०७६
शुक्रबारका लागि बोलाइएको राजनीतिक समितिको बैठकको विषयलाई लिएर राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डल दुई धारमा विभाजित भएको छ । अवैधानिक रुपमा बैठक बोलाएको भन्दै अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरदसिंह भण्डारीले विरोध जनाएका छन् ।
उनीहरुले अध्यक्ष मण्डलको सहमति विपरीत बोलाइएको बैठक हुन नसक्ने बताएका छन् । अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बोलाएको बैठकलाई अध्यक्ष मण्डलका सदस्य अनिल झाको मात्रै समर्थन छ ।
समाजवादी पार्टीसँग एकीकरणको प्रकृया चलिरहेका बेला त्यसलाई बिथोल्ने नियतबाट राजनीतिक समितिको बैठक बोलाइएको अध्यक्ष मण्डलका चार नेताको भनाई छ ।
यादव र झा पार्टीको महाधिवशेन अघि पार्टी एकीकरण गर्न नहुने पक्षमा छन् । अन्य नेताहरु तत्काल पार्टी एकीकरण गरेर एकता महाधिवेशन गर्नुपर्ने पक्षमा छन्
नेता भण्डारीले अवैधानिक रुपमा बोलाइएको राजनीतिक समितिको बैठकको आवश्यकता र औचित्व समेत नभएकाले नबस्ने दाबी गर्नुभयो । यद्यपि, संयोजक यादवले भने पार्टीको संयोजकलाई बैठक बोलाउने अधिकार भएको बताउनुभयो ।
उहाँले समसामयिक राजनीति, पार्टीको महाधिवेशन, एकता प्रकृया लगायतका विषयमा छलफल गर्न बैठक आहृवान गरेको बताउनुभयो ।

सम्बन्धित खवर