४३ विद्यालयलाई प्राथमिक उपचार बक्स वितरण

४३ विद्यालयलाई प्राथमिक उपचार बक्स वितरण

भदौ ११, २०७६
संखुवासभाको खाँदबारी नगरपालिकाले ४३ सामुदायिक विद्यालयलाई प्राथमिक उपचार बक्स वितरण गरेको छ । खाँदबारी नगरपालिका कार्यालयले प्राथमिक उपचार किट बक्स संगै सेनेटरी प्याडसहितका औषधी वितरण गरेको शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरेले जानकारी दिए।
नगरभित्रका प्रधानाध्यापकहरुको मासिक बैठकको अवसरमा मंगलबार छात्रालाई सेनेटरी प्याड र प्राथमिक उपचारका सम्पूर्ण सामग्रीसहितको किट बक्स वितरण गरिएको हो।
बक्समा सेनेटरी प्याड, सिटामोल, आँखामा लगाउने मलम, बान्ता रोक्ने औषधिलगायतको औषधि रहेको बताइएको छ । नगरपालिका कार्यालयले खरिद गरेको एउटा प्राथमिक उपचार बक्सको मूल्य १० हजार रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।

सम्बन्धित खवर