प्रदेश १ मा कर्मचारी भर्नाको लागि बाटो खुल्यो

प्रदेश १ मा कर्मचारी भर्नाको लागि बाटो खुल्यो

११ भदौ २०७६
प्रदेश १ मा कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेश लोक सेवा आयेग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ बहुमतले पारित भएसँगै कर्मचारी भर्नाका लागि बाटो खुलेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा पेस गरेको विधेयक मंगलबार प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो।
अब प्रदेश सरकारले लोकसेवामार्फत् आवश्यक कर्मचारी नियुक्ति गर्नसक्ने छ । तीन हजार ८०० कर्मचारीको दरबन्दी रहेको प्रदेश–१ मा दुई हजार ४०० कर्मचारी रहेका छन् ।

सम्बन्धित खवर