नमुना विद्यालय बनाउन सुनसरीका दुई विद्यालयलाई सात करोड अनुदान

नमुना विद्यालय बनाउन सुनसरीका दुई विद्यालयलाई सात करोड अनुदान

भदौ १०, २०७६
संघीय सरकारले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा रहेका दुई वटा माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन सात करोड अनुदान दिने भएको छ जसमा हरिनगर गाउपालिका स्थित हरिनगरामा रहेको हरिनगरा उच्च मावि र देवानगञ्ज गाउपालिका स्थित साहेवगञ्जमा रहेको अमरसिंह मावि रहेका छन् ।
नेपाल सरकार मन्त्री परिषदले शिक्षा मन्त्रालयको सिफारिस अनुसार योग्यता पुगेका पुराना विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा विकास गर्ने योजनामा सुनसरीका दुई विद्यालयलाई छनौट गरेको हो ।
यस वर्षदेखि लागु हुने गरी ५ वर्ष्भित्र प्रत्येक वर्षमा प्रति विद्यालय १ करोड ५० लाखका दरले नमुना विद्यालय निर्माणका लागि अनुदान दिने बताइएको छ ।

सम्बन्धित खवर