भदौ ९, २०७६रासस
प्रदेश नं– १ का प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्योगीरव्यवसायीले शान्ति सुरक्षाका सम्बन्धमा उठाएको विषयमा आफू सचेत रहेको रहेको बताएका छन् ।
कुनै पनि अवाञ्छित क्रियापलापले उद्योगीरव्यवसायी पीडित हुन नपर्नेमा जोड दिंदै उनले गैरकानूनी क्रियाकलाप रोक्न उद्योगीरव्यवसायीलगायत सबैको सहयोगको अपेक्षा गरे ।
प्रहरी नायब महानिरीक्षक ज्ञवालीले प्रदेश प्रहरीको प्रतिष्ठा उच्च बनाउन आफू र आफ्ना मातहतका प्रहरी संवेदनशील रहेको बताए ।
सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापाले शान्ति सुरक्षाका साथै सीमाको निगरानीमा आफूहरु कटिबद्ध रहेकाले कुनै समस्या आए समाधानका लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी र प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले अस्तव्यस्त ट्राफिक अवस्था, अनियन्त्रित पार्किङ, दैनिक हुने लुटपाट र चोरीका घटना नियन्त्रण गर्न सोहीअनुरुप योजना बनाइ आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्लास्थित उद्योग सङ्गठनले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा हालै सरुवा भई आउनु भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत प्रहरी प्रशासनका प्रमुखहरूको सम्मानमा उनीहरुले सो धारणा व्यक्त गरेका हुन् ।
आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भीम घिमिरेले, तथा पूर्वअध्यक्ष सुशील धनावत, उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा र राकेश सुरानाले शान्ति सुरक्षाका सवालमा सुरक्षा निकायलाई सहयोग पु¥याउन सङ्गठन सदैव तत्पर रहेको र आम जनताले अनुभव गर्न पाउने गरी सुरक्षा व्यवस्था कायम गर्न माग गरे ।
