तेह्रथुममा पहिलो पटक चारजनामा डेंगुको संक्रमण भेटियो

तेह्रथुममा पहिलो पटक चारजनामा डेंगुको संक्रमण भेटियो

९ भाद्र २०७६,
पूर्वका तराई जिल्लामा डेंगु नियन्त्रणमा आउन नसकिरहेका बेला तेह्रथुममा पहिलो पटक डेँगु रोगका चार जना बिरामी भेटिएका छन् ।
हालै जिल्ला अस्पताल तेह्रथुममा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म चार जनामा डेँगुको संक्रमण भएको भेटिएको हो । पछिल्लो समय यातायातले तराई र पहाड जोडिएसंगै तराईमा रोग सार्ने लामखुट्टे र भुसुनाजन्य रोग विस्तारै पहाडमा पनि फैलिँदै गएकोले जिल्लामा डेंगु देखिएको हुन सक्ने जिल्ला अस्पतालका डा.आनन्दकुमार देवले बताए ।
अहिले विरामी चारैजनाको जिल्ला अस्पतालमै उपचार भैरहेको छ । विरामीकोे अवस्था सामान्य भन्न नमिल्ले अस्पतालले जनाएको छ । भदौ दुई देखि चार गतेसम्म उपचारका लागि अस्पताल पुगेका दुई महिला र दुई पुरुषको रगत परीक्षणका क्रममा डेँगु देखापरेको होे । चार मध्ये दुईजना विरामीले केही हप्ता अघि सुनसरीको धरान पुगेर आएको बताएका छन् ।

सम्बन्धित खवर