नेपालले आज मलेसियन सुपर लिग च्याम्पियनसँग मैत्रीपुर्ण खेल खेल्ने

नेपालले आज मलेसियन सुपर लिग च्याम्पियनसँग मैत्रीपुर्ण खेल खेल्ने

भाद्र ९, २०७६
विश्वकप फुटबलको दोस्रो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियन सुपर लिग विजेता क्लबसँग मैत्रीपुर्ण खेल खेल्दैछ
मलेसियन सुपर लिग विजेता जोहार दारुल ताजिमसंगको खेल मलेसियाको हाजी हसन युनोस स्टेडियममा नेपाली समयानुसार साँझ साडे ६ बजे सुरु हुनेछ ।
मलेसियन क्लबविरुद्ध नेपाली टोली सुजल श्रेष्ठको कमानीमा मैदान उत्रनेछ । मुख्य खेलाडीहरु टोली बाहिर रहेकाले नेपाली टोलीमा यसपटक नयाँ खेलाडीले मौका पाउने संभावना छ ।
गोलरक्षक किरण चेम्जोङ जापानमा रहेकाले गोलपोष्ट विकेश कुथुले सम्हाल्ने संभावना छ । त्यस्तै टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्दको स्थानमा विशाल राई वा सन्तोष तामाङले मौका पाउने संभावना छ । विश्वकप फुटबलको दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले भदौ १९ गते कुवेतसँंग उसैको घरेलु मैदानमा खेल्नेछ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: