लालिगा फुटबलमा बार्सिलोनाले पहिलो जित ः ग्रिजम्यानको दुई गोल

लालिगा फुटबलमा बार्सिलोनाले पहिलो जित ः ग्रिजम्यानको दुई गोल

भदौ ९, २०७६
स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ। उसको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरका छन् । यसै सिजनमात्र एथलेटिको म्याड्रिडबाट बार्सिलोना आएका ग्रिजम्यानले घरेलु मैदानमा डेब्यु गरेको खेलमा दुई गरेका छन्
बार्सिलोनाले बेट्टिसलाई ५–२ गोल अन्तरले पराजित गर्दा गत जुलाईमा १०७ मिलियन पाउन्डमा अनुबन्धन भएका ग्रिजम्यानले आकर्षक प्रदर्शन गरे। त्यस्तै कार्लेस पेरेज, जोर्डी अल्बा र अर्टुरो भिडालले समान १–१ गोल गरे।
त्यसैगरी रियल बेट्टिसका लागि नाबिल फेकिर र लोरेन्जो जिसस मोरन ग्रासियाले गोल गरेका थिए। पराजित भएपनि बार्सिलोनलाई झड्का दिने क्रममा बेट्टिसले १५ औं मिनेटमानै अग्रता लिन सफल भयो। पहिलो हाफको अधिकाशं समय १–० ले पछि रहेको बार्सिलोनाका लागि ४१ औं मिनेटमा ग्रिजम्यानले बराबरी गोल गर्दे पहिलो हाफमा १–१ को बराबरी गरे। टिमलाई अग्रता दिलाउनपनि ग्रिजम्याननै सफल रहे। उनले ५१ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए।
दोस्रो हाफमा एकपछि अर्को गोल गरेको बार्सिलोनाका लागि ५६ औं मिनेटमा पेरेजले तेस्रो गोल गरे। त्यस्तै ६० औं मिनेटमा अल्बाले गोल गर्दा भिडालले ७७ औं मिनेटमा टोलीका लागि पाँचौ गोल गरे। यद्यपि बेटिसका लागि मोरोनले ७९ मिनेटमा दोश्रो गोल फर्काउँदै गोल अग्रता कम गर्ने प्रयास गरेका थिए।
बार्सिलोना यसअघि खेलिएको यस सिजनको पहिलो खेलमा एथ्लेटिक बिलबाओसँग अप्रत्यासित रुपमा १–० ले पराजित भएको थियो।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: