वडाअध्यक्ष वैदेशिक रोजगारीमा, स्थानीयले गरे उप निर्वाचनको माग

वडाअध्यक्ष वैदेशिक रोजगारीमा, स्थानीयले गरे उप निर्वाचनको माग

भदौ ९, २०७६
संखुवासभाको खाँदबारी नगरपालिका ५ का वडा अध्यक्ष बमबहादुर घले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेका छन्। वडा अध्यक्ष रोजगारका लागि कोरिया पुगेपछि स्थानीयले उप(निर्वाचनको माग गर्दै खाँदबारी नगरपालिका कार्यालयमा निवेदन दिएका छन्।
स्थानीय तहको निर्वाचनमा जनताको सेवा गर्छु भनेर जनता सामु भोट मागेर खाँदबारी ५ बाट विजयी वडाअध्यक्ष बमबहादुर घले दक्षिण कोरिया पुगेका थिए।
वडाअध्यक्ष घलेले गत साउन २४ गतेबाट आफ्नो घरयासी कामको शिलशिलाका कारण नगर क्षेत्र बाहिर जानु पर्ने भएकाले उपस्थित हुन नसक्ने पत्रमार्फत खाँदबारी नगरपालिका कार्यालयमा जानकारी दिएका छन् ।
वडा अध्यक्ष घलेले सरकार संचालन ऐन २०७४ को उप दफा ४ को (ग) को (६) बमोजिम कार्यबाहक अध्यक्षको वडा सदस्य श्यामप्रसाद निरौलालाई दिइएको पत्रमा उल्लेख गरेका छन्।
वडा अध्यक्ष घले पहिलो पटक विजयी भएको ५ महिना नवित्दै व्यत्तिगत कारण देखाउँदै कोरिया पुगेर गत असार महिनामा नेपाल आएर साउनको २४ उनले जिल्ला छाडेको बताइएको छ। वडा अध्यक्ष घले असारमा महिनामा हाजिर भएर दोस्रो पटक पुनः कोरिया पुगेका हुन्।
२०७४ मंसिर २९ गतेको नगरकार्यपालिको बैठकदेखि अनुपस्थित रहेको वडा अध्यक्ष घले गत असारमा हाजिर भएको खाँदबारी नगरपालिकाले जनाएको छ। वडा अध्यक्ष घलेले श्यामप्रसाद निरौला कार्यवाहक छाडेर व्यत्तिगत काममा गएको खाँदबारी नगरपालिकाका उप(प्रमुख डेगेश्वरी श्रेष्ठले जानकारी दिएकी छन्।
२०७६ साउन २४ गते देखि निरौलाले पुनःकार्यबाहक वडा अध्यक्षको जिम्मा पाएका छन्। कानुनमा यो विषयम केही उल्लेख नभएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोमल धमलाले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत धमलाले भने कानुनमा उप(निर्वाचन हुन राजिनामा वा मृत्यु भएको खण्डमा मात्र हुन सक्ने ब्यवस्था भएको बताए। यो विषयमा संघीय संसदले मात्र कानुन बनाउन सक्ने भए पनि अहिलेसम्म बनिसकेको अवस्था नभएको बताएका छन् ।
’चुनावको बेला भोट माग्दा स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्छौ भनेर जनतासँग मत मागेर उनलाई जितायौं। तर उहाँ आफैँ अहिले विदेश पुग्नुभयो’ वडा नम्बर ५ स्थानीय रविन राईले दुखेसो पोखे। राईले भने,’ हाम्रो मतको अपमान गर्दै विदेसिनु दुखको कुरा हो।’
नेपाली कांग्रेसको तर्फबाट घले विजयी भएको घलेले स्थानीय तहको चुनावमा ३४९ जनमत ल्याएर विजयी भएका थिए। एमालेका विर्खराज राईले ३०८ मत मात्र ल्याएर पराजय भोग्नु परेको थियो। वडा अध्यक्ष घलेले निकटम प्रतिद्वन्द्वी राईको भन्दा ४१ मत बढी ल्याई विजयी भएका थिए।
जनमत नपाएर हार व्यहोरेका विर्खराज राई भने अहिले स्थानीय विद्यालयको विद्यालय निर्माण समितिको अध्यक्ष भएर काम गरिरहेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद परिच्छेद १५ को ११६ मा कार्याहक भई कार्य गर्न सक्ने शीर्षकमा वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा वडा समितिका सदस्यले आफूहरू मध्येबाट छनोट गरेका सदस्यहरूले कार्यवाहक वडा अध्यक्ष भई कार्य गर्ने छ भनी उल्लेख गरिएको छ।
सहयोग थाहा खबर

सम्बन्धित खवर