रविका समर्थक उग्रगर्दा चितवन प्रशासनले तोक्यो, निषेधित क्षेत्र ः शालिकराम आत्महत्या प्रकरण

रविका समर्थक उग्रगर्दा चितवन प्रशासनले तोक्यो, निषेधित क्षेत्र ः शालिकराम आत्महत्या प्रकरण

भदौ ९, २०७६
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनदिनै उग्र प्रदर्शन गर्ने र प्रहरीमाथि आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहानदेखि लागू हुनेगरी जिल्लाको सुरक्षाव्यवस्था थप कडा पारेको छ।
आइतबार राति एक आदेश जारी गर्दै चितवन जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क)को प्रयो गर्दै सोमबार बिहान ६ बजेदेखी अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ।
तोकिएको क्षेत्रमा प्रदर्शन, हुलदंगा र अशान्ति पैदा गर्न खोजे कानुनी कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशमा लेखिएको छ। पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको बयान आज हुनेछ।
आज नै थुनछेक बहस हुने र त्यसपछि आदेश आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो। उक्त प्रकरणकी अभियुक्त रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ।

सम्बन्धित खवर