ओखलढुंगाका वडा सचिवलाई लाग्यो जबरजस्तीकरणीको आरोप

ओखलढुंगाका वडा सचिवलाई लाग्यो जबरजस्तीकरणीको आरोप


आइतबार ०८, भदौ २०७६
ओखलढुंगाका एक वडा सचिवलाई जबरजस्तीकरणीको आरोप लागेको छ । जिल्लाको सुनकोशी गाउँपालिका– ७, का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको हो ।
गत १ भदौमा २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कट्वालविरुद्ध जाहेरी दर्ता भएपछि अनुसन्धान थालिएको ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिएका छन् ।
आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सम्बन्धित खवर