आइतबार ०८, भदौ २०७६
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध सरकारी वकिलले आइतबार अभियोग पत्र दायर गर्ने तयारी गर्दैछ ।
योसँगै भोलिदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ ।
बहस भोलि नसकिए भदौ ९ गते अर्थात पर्सी पनि चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुनेछ ।
प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई अनुसन्धानको लागि भन्दै प्रहरीले गत हप्ता पक्राउ गरेको थियो ।
पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।
