प्रदेश २ मा हरित प्रदेश अभियान वृक्षारोपण कार्यक्रम सुरु

प्रदेश २ मा हरित प्रदेश अभियान वृक्षारोपण कार्यक्रम सुरु


८ भाद्र २०७६,
प्रदेश २ का ८ वटै जिल्लामा शनिवारदेखि एकै साथ हरित प्रदेश अभियान वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ ।
अभियानअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा एकै दिन पाँच हेक्टर जग्गामा २ हजार २ सय बिरुवा रोपिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतमा सागरनाथ वनविकास परियोजनामा बसेको मन्त्री परिषद्को बैठकले वन जंगलको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले प्रदेश २ का ८ वटै जिल्लामा एकै साथ हरित प्रदेश अभियान वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सुरु गरिएको अभियानको महंग्नीको बोट रोपेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सुरुवात गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक मनोजकुमार यादवका साथै ठूलो संख्यामा उपस्थित स्थानियले महग्नी, टिक, साल, सिसो जस्ता पाँच थरिका विरुवा रोप्नुभएको थियो ।
सो अवसरमा सामाजिक विकासमन्त्री साहले चुरे क्षेत्र, वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न ८ वटै जिल्लामा प्रदेश सरकारले हरित प्रदेश अभियान तथा वृक्षारोपण कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै यसमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।
मन्त्री साहले प्रदेश २ मै वन क्षेत्र कम रहेकाले विभिन्न प्राकृतिक प्रकोप तथा वन र वातावरणमा संकट निम्तिदै भावी सन्ततीको जीवनसमेत जोखिममा पर्ने सम्भावना रहेको बताउनुभयो ।
खाली रहेको निजी तथा सार्वजनिक जग्गामा समेत बृक्षारोपण गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । सप्तरीमा हाल १६ प्रतिशत वन क्षेत्र मात्र छ ।
अभियानका क्रममा यसलाई बृद्धी गरि कम्तिमा ४० प्रतिशत पु¥याउने प्रदेश सरकारको योजना छ ।
सहयोग ओवि

 

सम्बन्धित खवर