भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लको निधन

भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लको निधन

बीबीसी भाद्र ८, २०७६
भारतका पूर्व वित्तीय मन्त्री एवं भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता अरुण जेट्लीको ६७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका जेट्लीको दिल्लीस्थित एम्स अस्पतालमा स्थानीय समयानुसार दिउसो १२ बजेर ७ मिनेटमा निधन भएको हो ।
उहाँलाई श्वासप्रश्वासको समस्याका कारण अगस्ट ९ देखि अस्पताल भर्ना गरिएको थियो ।

भाजपाका कुशल नेता मानिने जेट्लीको स्वास्थ्यका कारण पछिल्लो समय पार्टीमा सक्रियता समेत घटेको थियो । उहाँको सन् २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
जेट्ली अर्थमन्त्री भएकै समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार, कालोबजारी र नगद कारोबार कम गर्ने भन्दै भारतीय ५ सय र १ हजारका नोट सटहीमा कडाई गर्नुभएको थियो । जसले भारतीय बजारमा हलचल नै ल्याएको थियो ।

सम्बन्धित खवर