पाथीभरा गोल्डकपको उपाधि इलेभेन एरोजको पोल्टामा

पाथीभरा गोल्डकपको उपाधि इलेभेन एरोजको पोल्टामा


भाद्र ६, २०७६
ताप्लेजुङमा सम्पन्न पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि इलेभेन एरोज क्लब दुहवी सुनसरीले उचालेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज भएको फाइनलमा सुनसरीले रेडस्टार फुटबल क्लब विर्तामोड झापालाई टाईब्रेकरमा पराजित गर्दै उपाधि हत्याएनो हो ।
निर्धा्रित समयमा दुवैतर्फबाट २–२ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको हो । योगेश गुरुङ र बिकास थुलुङ गोल गर्न चुकेपछि रेड स्टार उपाधि रक्षा गर्नबाट चुकेको हो ।
इलेभेन एरोजका रुपेश केसी, जीवन धामी, विश्व एप्स र उमेश कार्की, गोल गर्न सफल भए । रेड स्टारका पूजन उपरकोटी र विशाल लिम्बूले मात्रै गोल गर्न सके । सुनसरीले उपाधि सहित ३ लाख ११ हजार रुपैयाँ सहित ट्रफि प्राप्त र्गयो भने झापाले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो ।

सम्बन्धित खवर