सालकको खपेटासहित १ जना पक्राउ

सालकको खपेटासहित १ जना पक्राउ


०६ भदौ २०७६
सालकको खपेटासहित ताप्लेजुङको फुङलिङ नगरपालिका २ बस्ने एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। छ सय ग्राम खपेटासहित ६२ वर्षीय विक्रम यवाराम लिम्बूलाई प्रहरी चौकी काबेलीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने हपुखोलादेखि ताप्लेजुङतर्फ जाँदै गरेका लिम्बूलाई खपेटासहित पक्राउ गरिएको हो।
पक्राउ परेका लिम्बूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पाँचथरमा प्रहरीले बुझाएको छ।

सम्बन्धित खवर