प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा डा. सुरेन्द्रप्रसाद यादवलाई सिफारिस

प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा डा. सुरेन्द्रप्रसाद यादवलाई सिफारिस


भदौ ६, २०७६
प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा डा. सुरेन्द्रप्रसाद यादवलाई सिफारिस गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको सिफारिस समितिले बिहीबार आयोग अध्यक्षमा डा. यादवलाई सिफारिस गरेको हो।
अध्यक्षमा सिरफारिस भएका डा. यादव सिरहाको औरही गाउँपालिका–५ का स्थायी बासिन्दा हुन्। नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य समेत रहेका उनले सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा अध्यापन गर्दथे।
सिफारिस समितिमा सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य छन्।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: