आज गौराको मुख्य दिन स् अठ्यावाली मनाइँदै

आज गौराको मुख्य दिन स् अठ्यावाली मनाइँदै


भदौ ६, २०७६
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइँने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली हो। हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई आज व्रतालु महिलाहरुले गौराखला (आँगन)मा लगेर पूजा गर्ने प्रचलन छ। ब्रतालु महिलाहरुले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरीका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेको पण्डित दयाकृष्ण पन्तले बताए। हिजो गौरादेवीमा चढाएको दुबधागो (एक किसिमको धागो) पनि आजै महिलाहरुले धारण गर्दछन्। तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन्।
गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाहरुले सामुहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फागमार्फत नै भन्ने गरेका छन्। ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन्। पुरुषहरुले ठाडोखेल, ढुस्को धमारीलगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन्।
महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्दछन्। गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र भारतको कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। सुदूरपश्चिमेलीहरुले यस पर्व दशैंभन्दा पनि महत्त्वका साथ मनाउने गरेको स्थानीय गणेश विष्टले बताए। त्यसैले गौरामा एकै छिन भए पनि डेउडामा रमाउन परदेशिएकाहरु पनि घरपरिवार सम्झिएर फर्किने गर्छन्। यस वर्ष पनि छिमेकी भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौं सुदूरपश्चिमेली गौराका लागि घर फर्किएका छन्। गौरामा विवाहित चेलीहरु पनि माइत आउने चलन छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: