पाथीभरा गोल्डकप स् उपाधिका लागि रेडस्टार र एलाभेन एरोज भिड्दै

पाथीभरा गोल्डकप स् उपाधिका लागि रेडस्टार र एलाभेन एरोज भिड्दै


भदौ ६, २०७६ पथरी
चौथो संस्करणको पाथीभरा गोल्डकपको उपाधिका लागि शुक्रबार डिफेन्डिङ च्याम्पियन रेडस्टार क्लब झापा र एलाभेन एरोज क्लब सुनसरी बिच प्रतिस्पर्धा हुने भएको छन्। खेल सदरमुकाम फुङलिङस्थ्ति भानुजन माविको खेल मैदानमा हुनेछ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डाँगीहाट क्लब मोरङलाई पराजित गर्दै झापाले सुनसरीसँग भेट पक्का गरेको हो। झापाले मोरङलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो।
झापाका लागि बुद्ध चेम्जोङ, पुजन उभरकोटी, योगेश गुरुङ र निशान लिम्बुले गोल गरे। यता पराजित डाँगीहाटका लागि भने विक्रम लिम्बु, विकेश लिम्बु र विक्रम धिमालले गोल गरे। झापाका निरज बस्नेत र मनोज राईको प्रहार गोलकिपर छिरिङ तामाङले बचाए।
डाँगीहाट सुमिन मैनाली, दिलेन लोक्तान र मानबहादुर परियारको प्रहार विवश चौधरीले उत्कृष्ट बचाउ गरे। म्यान अफ दि म्याच घोषित गोलकिपर चौधरीले नगद ५ हजार प्राप्त गरे। निर्धा्रित समय १÷१ गोलको बराबरीमा सकिएको खेलको निर्णय ट्राइब्रेकरबाट लिएको हो।
खेलको ४७ औं मिनेटमा योगेश गुरुङको गोलमा झापाले अग्रता लिएको थियो। तर, ५३औं मिनेटमा मोरङका लागि विकेश लिम्बुले बरावरी गोल गरे।
प्रतियोगिताको विजेताले तीन लाख ११ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: