भदौ ५, २०७६
देशभित्र सञ्चालनमा रहेका सबै १९ जीवन बीमा कम्पनीहरुले गएको आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सबै बीमा कम्पनीहरुको खुद नाफा ३ अर्ब ११ करोड ७३ लाख रुपैयाँ छ ।
आर्थिक वर्ष २०७५र०७६ को चौथो त्रैमासको अन्त्यसम्म कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस वर्ष पनि नेपाल लाईफ नै अगाडि देखिएको छ । यो कम्पनीले असार मसान्तसम्ममा ५२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै दोस्रो स्थानमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ३३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चाहिँ ५ करोड ७० लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।