स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री सिंगापुरतर्फ प्रस्थान

स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री सिंगापुरतर्फ प्रस्थान

भदौ ५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार दिउँसो सिंगापुरतर्फ प्रस्थान गरेका छन्। थाई एयरवेजको जहाजमार्फत् प्रम ओली दिउँसो साढे १ बजे सिंगापुतर्फ उडेका हुन्।
सिंगापुरमा स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्किने कार्यक्रम छ। तर यो मिति अवस्था हेरेर तलमाथि हुने बताइएको छ। ओलीसँगै पत्नी राधिका शाक्य पनि सिंगापुरतर्फ लागेकी छन्। ओली यसअघि उपचार गरी फर्किएको १० दिनमै त्यसतर्फ लागेका हुन्।
अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहका अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो ।
सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गर्ने विज्ञप्तीमा जनाइएको छ।
सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा.सिंहले जनाउनुभएको छ ।

सम्बन्धित खवर