प्रधान मन्त्रीले दिवा सपना मात्रै देखे ः कांग्रेस नेता थापा

प्रधान मन्त्रीले दिवा सपना मात्रै देखे ः कांग्रेस नेता थापा

झापा, नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिवा सपना देख्नु बाहेक केही नगरेको आरोप लगाएका छन् । विर्तामोडमा संचारकर्मीहरुसंगको संक्षिप्त कुराकानीमा थापाले प्रधान मन्त्री ओलीले एक वर्षमा के के न गरेको भनेर दिवा सपना देख्न थालेको आरोप लगाएका हुन् ।

थापाले बने – प्रधानमन्त्री ओलीले एक वर्षमा नेपाललाई राम राज्य बनाए भनेर केही समय अघि संसदमा बताएपनि नेपाली जनताले भने परिर्वतनको आभास नै अहिलेसम्म गर्न सकेका छैनन् ।

पाँच वर्ष भित्रमा गर्ने काम यो सरकारले एक वर्षमै चमत्कारिक रुपमा गरेको दावी गर्ने प्रधानमन्त्री ओलीले अबको दिनमा पनि केही गर्न नसक्ने युवा नेता थापाको आरोप छ ।

‘दोष सरकारमा छैन, दोष प्रधानमन्त्रीमा छैन, दोष यो सरकारलाई राम्रो देख्न नसक्नेहरुमा छ थापाले भने’ – ‘प्रधानमन्त्रीले भने जस्तै यो सरकार पाँच वर्षसम्म चलिरहन्छ, चार वर्षमा कसैले पनि यो सरकारलाई हल्लाउन सक्दैन । तर, यो सरकारले एउटा कुरा पनि फरक ढंगले गर्नुपर्छ भन्ने आत्मबोध गर्न नसक्नु चाँही दुखदायी कुरा हो ।’

यस अघि झापाको बिर्तामोड नगरपालिका – १ निवासी प्रजातान्त्रिक योद्धा टुङ्गवहादुर वस्नेतको निधन पछि १२ औं पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस झापाले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै थापाले बस्नेत परिवारले प्रजानान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । उनले वुवा टुङ्गवहादुरको निधनले सिंङ्गो नेपाली कांग्रेसलाई क्षति पुगेको बताए । श्रद्धाञ्जलि सभामा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले समेत शोक मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खवर