त्रिभुवन विमान स्थलमा भएको घटना प्रति पारस शाहले मागे क्षमायाचना

त्रिभुवन विमान स्थलमा भएको घटना प्रति पारस शाहले मागे क्षमायाचना

काठमाडौं, पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा भएको घटनाका विषयमा क्षमायाचना मागेका छन् । उनले गएराति करिब १ बजेतिर सामाजिक सञ्जाल फेसबुक मार्फत् क्षमायाचना गरेका हुन् । आफूले गरेको काम जनता समक्ष भन्नु जरुरी रहेको उल्लेख गर्दै उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएको र छोराहरुको अनुहारमा प्रहरीको डन्डा देखेपछि सहन नसकेको उल्लेख गरेका छन् ।

त्यसका लागि सम्बद्ध पक्षसँग ‘क्षमायाचना गर्न चाहन्छु’ भन्दै पारसले आफ्नो ठाउँमा जुनुसुकै नेपाली बाबु भएपनि त्यसै गर्ने समेत जनाएका छन् । उनले बाँकी कुरा नेपाली जनतालाई नै निर्णयका लागि आफूले छोड्ने समेत उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आइतबार उनले प्रहरीलाई विमानस्थलमा धकेलेको भिडियो सार्वजनिक भएको थियो । सो घटनाको बारेमा प्रहरीले छानबिन थालेको बताइएकै बेलामा पारसले मध्यरातमा सामाजिक सञ्जाल मार्फत् क्षमायाचना गरेका हुन् ।


सम्बन्धित खवर