मधुमल्ला साहित्यिक समाजको ८ औँ सृजना अनावरण कार्यक्रम सम्पन्न

मधुमल्ला साहित्यिक समाजको ८ औँ सृजना अनावरण कार्यक्रम सम्पन्न


एलिना दियाली
१ भदौ,पथरी
मधुमल्ला साहित्यिक समाजको ८ औँ सृजना अनावरण कार्यक्रम शनिबार मिक्लाजुङ नगरपालिकामा सम्पन्न भएको छ ।
लोकप्रिय साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङदेम्बेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार विराट किराती,टीका खड्का राष्ट्रप्रेमी र विराट अनुपमको सृजनाहरु अनावरण गरिएको थियो ।
कार्यक्रममा पत्रकार एव्म साहित्यकार विराट अनुपमको कविताबाट सुरु भएको सृजना वाचन कार्यक्रमले सृजनशिल मनहरुको माहोल तात्एिको थियो ।
त्यस्तै गरि साहित्यकार टीका खड्का राष्ट्रप्रेमीको गजलको दम्दार प्रस्तुतीले माहोललाई अझ बढि सृजनशिल र साहित्यम बनाएको थियो ।
त्यस्तै गरि साहित्यकार विराट किरातीको विद्रोहि भावले ओतप्रोत कविता,गजल,र गित प्रस्तुतीले साहित्यिक माहोललाई झुट्टै सृजनशिल र आनन्दित बनाएको थियो ।
कार्यक्रममा बोल्दै मिक्लाजुङ नगरपालिका प्रमुख देवि आचार्यले वर्तमान समयमा युवा पिढि नकरात्मक गतिविधिमा संलग्न भई रहेको समयमा मधुमल्ला साहित्यिक समाजको सृजना अनावरण कार्यक्रम गर्नु राम्रो कार्य रहेको बताउँदै नगरपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग गर्न तत्तपर रहेको बताउनुभयो ।
सो कार्यकक्रम मिक्लाजुङ नगरपालिकाको सहयोग तथा मधुमल्ला साहित्यिक समाजको आयोजना भएको हो ।
मधुमल्ला साहित्यिक समाजका अध्यक्ष कमल मिश्रको सभापतित्वमा भएको कार्यक्रममा ईलााम,झापा,मोरङ,सुनसरीका साहित्यिकार तथा सर्जकहरुको उपस्थिति रहेको थियो

सम्बन्धित खवर