कोशी पिडितको अनिश्चितकालिन आन्दोलन, मुआब्जा र क्षतिपूर्ति नपाएको पिडितको गुनासो

कोशी पिडितको अनिश्चितकालिन आन्दोलन, मुआब्जा र क्षतिपूर्ति नपाएको पिडितको गुनासो

सुनसरी, कोशी पिडितहरुले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् । कोसी सम्झौता अनुसार भारतीय पक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडितहरु आन्दोलित बनेका हुन् ।

उनीहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेको बताएका छन् । उनीहरुले रिले अनशन समेत सुरु गरेका छन् । सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघि नै नेपाल र भारतबीच कोसी सम्झौता गरिएको थियो । तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

ब्यारेज बनेपछि घरखेत गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म घरखेत गुमाएका १५ हजारभन्दा बढी परिवारले क्षतिपूर्ति नपाएको कोसीपीडित संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको भनाइ छ । सम्झौताअनुसार पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।
पुर्वेली अनलाइनको सहयोगमा

सम्बन्धित खवर