धनुषामा १५ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

धनुषामा १५ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरी बल धनुषाले १५ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको मधुवन्नीको जयनगर पञ्चायत २ भेलवाचोकका २८ वर्षीय बन्धुकुमार सिंह रहेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

पक्राउ परेका सिंहको साथबाट १५ किलो चाँदी, मोटरसाइकल र नगद पनि बरामद भएको छ।

धनुषाको औरही गाउँपालिका–२ देउरीबाट चेकजाँच गर्ने क्रममा सिंहलाई पक्राउ गरिएको हो। मोटरसाइकलको टयाङ्कीमा लुकाएर लाने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

बरामद गरिएको चाँदी र मोटरसाइकलको बजार मूल्य ११ लाख ६८ हजार १ सय २० रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: