सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने उपप्रधानमन्त्री यादवको चेतावनी

सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने उपप्रधानमन्त्री यादवको चेतावनी

काठमाडौं, सरकारसंग गरेको सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारलाई चेतावनी दिएका छन् ।

शनिवार गोरखामा पार्टीको जिल्ला समिति समायोजन घोषणा कार्यक्रममा सहभागी भएका यादवले पत्रकारहरुसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन् । सम्झौता कार्यान्वयनमा मुख्य भूमिका खेल्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सो विषयमा चासो नदिएको यादवले आरोप लगाए । ‘संविधान संशोधनको शर्तमा दुई तिहाइ पुर्‍याइदिन कम्युनिष्ट पार्टीलाई साथ दिएका हौं,’ उनले भने, ‘तर अहिलेसम्म त्यो दिशामा कदम चालेको देखिएन ।’

निर्वाचन प्रणाली, शासकिय स्वरुप लगायतका विषय संशोधन गर्नुपर्ने माग आफूहरुको रहेको तर सो विषयमा सरकार कानमा तेल हालेर मौन बसेको यादवले आरोप लगाए । मन्त्री यादवले जनताको अपेक्षा अनुसार वर्तमान सरकारले काम गर्न नसकेको समेत बताएका छन् ।


सम्बन्धित खवर