पथरी शनिश्चरेमा रथयात्राको तयारी

पथरी शनिश्चरेमा रथयात्राको तयारी

अर्पणा के.शी

पथरी,साउन ३२

मोरङको पथरी शनिश्चरे ४ जरायोडोलमा रहेको भगवान् राधाकृष्णको मदिन्रमा विगत वर्षहरुमा झैँ यस वर्ष पनि पञ्चदिववशीय श्रीमद् भागवत ज्ञान महायज्ञ तथा रथयात्राका लागि भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ३ गते मङगलबार देखि कलश यात्रा,मंण्डप पुजा गरी उद्घाटन गरीने भएको छ ।

त्यसै गरी प्रत्येक दिन विहान नित्य पुजा बेलुका दैनिक सन्ध्याकालिन, आरती पुष्पाञ्जली,भव्य भजन कृतन साथै भगवान्को लिला झाँकी भव्य प्रदर्शन गरी ७ गते शनिबार अपराह्न निस्कने यस वर्षको रथयात्रामा नयाँ रथ निमार्ण गरीएकोे आयोजक समिती अध्यक्ष शेर बहादुर रायाले जनाएका छन् ।

सोही दिन विहान विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निकालिने रथ यात्राले पथरी शनिश्चरेको विभिन्न ठाउँ परिक्रमा गरिने छ । मन्दिर परिसरबाट श्री कृष्णलाई विशाल सून्दर रथमा विराजमान गराइ बाजागाजा झाँकी सहित नगर परिक्रमा गरिने भएको हो।

रथयात्राको मार्गमा पर्ने सडकको दुवै पेटीमा हजारौँ श्रद्धालुले रथमाथि फुल तथा जलअर्पण गर्ने गरिन्छ । रथयात्रामा विभिन्न मन्दिर एवं धार्मिक संस्थाका कलश यात्राका साथै दर्जनौँ संस्कृतिक झाँकी र नाचका टोली लगायत श्रद्धालु भक्तजन पनि सहभागी हुने गर्दछन् ।

पथरी शनिश्चरे लगायत साथै बाहिरी जिल्लाबाट समेत गरी हजारौँ श्रद्धालु भक्तजन रथयात्रामा सहभागी हुन आउने भएकाले तीनको सुरक्षाको व्यवस्था पनि मिलाइने भएको छ । श्रीमद् भागवत १० औँ स्कन्द,कृष्ण चरित्र,कथा प्रवचन, कृष्ण जन्मोत्सव तथा विशाल रथ यात्राको कार्यक्रम तय गरीएको आयोजक समिती सचिव राम प्रशाद न्यापानेले बताएका हुन ।

सम्बन्धित खवर