लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न

लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न


पथरी,२०७६ साउन ३१
मोरङको लेटाङ नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विकास मञ्च र लेटाङ प्याबसन नगर समितीको संयुक्त आयोजना सो कार्यक्रम सम्पन्न भएको हो । यु एम एन सुनसरी क्ल्ष्टरको सहयोग र अन्तर धार्मिक शान्ति युवा समुहको व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लेटाङ नगरपालिका भित्रका विभिन्न निजी विधालय तथा संघ संस्थाका युवाहरुबाट ५३ पिन्ट रगत संकलन भएको अन्तर धार्मिक शान्ति युवा समुहका संयोजक सुमन क्रुङबाङले बताएका छन् ।

सम्बन्धित खवर