प्याब्सनको वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता

प्याब्सनको वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता

पथरी ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङ पथरीशनिश्चरे नगर कार्यसमितिको आयोजनामा आज (बिहीबार) नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य लेखनाथ भट्टराईको प्रमुख आतिथ्यमा भएको वक्तृत्वकला प्रतियोगितामा स्थानीय न्यु पेगोडा आवासीय माविका युगलकिशोर अधिकारी प्रथम भएका छन् । यस्तै सिनियर चित्रकला प्रतियोगितामा मोरङ मेरिगोल्ड अङ्ग्रेजी स्कुलका सन्देश राई र जुनियर चित्रकला प्रतियोगितामा वाल्मीकि मेमोरियल आवासीय माविका मनिस खत्री प्रथम भएको आयोजक समितिका संयोजक खड्गबहादुर श्रेष्ठले जानकारी दिए । वक्तृत्वकला प्रतियोगितामा अन्नपूर्ण माविकी सुप्रिया खड्का दोस्रो र बालजागरण विद्या मन्दिरका सिर्जन घिमिरे तेस्रो भए भने रेडस्टार माविकी सभ्या राई सान्त्वना भइन् । यस्तै, सिनियर चित्रकला प्रतियोगितामा भूपू सैनिक स्कुलका विपिन श्रेष्ठ दोस्रो, अन्नपूर्णका डेनिस धिमाल तेस्रो र एभरेस्ट स्कुलका विरेन गुरुङ सान्त्वना हुँदा जुनियरतर्फ एभरेस्टकी स्नेहा वनेम दोस्रो, सपब् मोडल स्कुलका अंकित राई तेस्रो र कञ्चनजङ्गा स्कुलका रुपेश श्रेष्ठ सान्त्वना भए । पथरी नगर कमिटीका सचिव सुरेन्द्र लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा प्याब्सन प्रदेश १ का सदस्य नोवलकिशोर खनाल, मोरङ सल्लाहकार टीकाप्रसाद दङ्गाल, साहित्यकार रोहित पराईलगायतले बोलेका थिए । प्याब्सन नगर सदस्य खगेन पुलामीले सञ्चालन गरेको कार्यक्रममा वक्तृत्वकलातर्फ ९, चित्रकला सिनियरमा १४ र जुनियरमा ११ ओटा विद्यालयको सहभागिता थियो । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

सम्बन्धित खवर