“गरिबको चमेली बोल्दिने कोहि छैन”

“गरिबको चमेली बोल्दिने कोहि छैन”

उर्लाबारी, आखाँको ज्योति गुमाएकी आफ्नी ८ वर्षीया छोरीले न्याय नपाएको भन्दै मोरङको उर्लाबारी–१ की निर्मला ऋषिदेव यतिबेला कहिले वडा कार्यलय त कहिले नगरपालिका धाइरहनु भएको छ ।
गत वर्षको असार १६ गते छिमेकी १३ वर्षीय सन्दीप माझीले गेटिस हान्दा निर्मलाकी ८ वर्षीया छोरी सरिनाको देव्रे आँखाको ज्योति गुमेको थियो । छोरीको आँखाको ज्योति गुमेपछि उहाँलाई स्थानीयले कतै उजुर वाजुर नगर्नु न्याय दिलाउँला भनेर फकाए । श्रीमानको मृत्यु भएको १३ दिनपछि छोरीको आँखाको ज्योति गुमेपछि निर्मला झनै पीडामा पर्नुभयो । सुकुम्वासी वस्तीमा टाउको मात्र लुकाउने घरमा बस्दै आउनु भएकी निर्मलाले चिने जानेका सँग हार गुहार गर्नुभयो । तर,कसैले उहाँका कुरा सुनेनन् । त्यसपछि वडाध्यक्ष मछिन्द्र बहादुर कार्कीसँग गुहार माग्न जानु भएकी निर्मलालाई वडाध्यक्षले छोरीको उपचार गराइदिने सहमति गराइदिनुभयो ।

अहिले सरिनाको देव्रे आँखामा ज्योति छैन । क्षति पुर्तिका लागि प्रहरीमा निवेदन दिन्छु भन्दा वडाध्यक्षले नै उजुर वाजुर नगर्नु भनेको निर्मलाको भनाई छ । उहाँले भन्नुभयो–घरमा आएर कतै उजुर नगर्नु भन्नुभयो । पछिल्लो समय वडाअध्यक्षले न्याय दिलाइदिनु भन्दा पन्छिने गरेको र पिडकलाई साथ दिएको उहाको भनाइ छ । क्षतिपूर्ति दिलाइदिनु भन्दा वडाअध्यक्षले आफ्नो कुर्शिको मोल भन्दा ठूलो कुरो गरिस भनेर झपारेको उहाको दुखेको छ । तर, वडाध्यक्ष मछिन्द्र बहादुर कार्कीले आँखाको उपचार गर्न सम्पूर्ण पहल आफैले गरेको बताउनु भयो । उहाँले भन्नुभयो –‘मैले पीडितलाई न्याय दिलाउन आफै पहल गरेको छु । पटक पटक छलफल राखेको छु । तर, छफफलमा कुरा मिलेको छैन् । वडाध्यक्ष कार्कीले बालिकाको आँखाको ज्योति गुमेकोले उनलाई क्षतिपुर्ति दिनुपर्ने बताउनु भयो ।

सम्बन्धित खवर