पथरी उद्योग वाणिज्य संघको पहलमा राजश्व संकलनको घुम्ती सेवा

पथरी उद्योग वाणिज्य संघको पहलमा राजश्व संकलनको घुम्ती सेवा

पथरी, मोरङको पथरी उद्योग वाणिज्य संघको पहलमा आएको आन्तरिक राजश्व कार्यालयको घुम्ती सेवाले व्यावसायीलाई सेवा प्रदान गरेको छ । बुधबार १ दिनका लागि पथरी आएको घुम्ती सेवाबाट ५२१ जना व्यावसायीले सेवा लिएको कार्यक्रम संयोजक तथा उद्योग सचिव टिकेन्द्र पौडेल (दिनेश)ले जानकारी दिनुभयो ।

आर्थिक वर्ष सकिएको महिना दिन बित्नै लाग्दा व्यावसायीलाई राजश्व बुझाउन झनझट नहोस भनेर घुम्ती सेवा ल्याइएको पौडेलले बताउनुभयो । घुम्ती सेवाबाट २४ लाख १३ हजार ५०० राजश्व संकलन भएको पनि पौडेलले जानकारी दिनुभयो । सो सेवा भइरहेका बेलामा ३३७ जना नयाँ सदस्यहरु थप भएका छन् । घुम्ती सेवाका लागि अध्यक्ष दिपक बस्नेत लगाएत वाणिज्य संघका अन्य सदस्यहरुले समेत सहजीकरण गरेका थिए । आगामी दिनमा व्यावसायीको हितमा विभिन्न कार्यक्रम तथा योजनाहरु समेत संघले ल्याउने पौडेलले बताउनुभयो ।

सम्बन्धित खवर