आधा दर्जन स्वास्थ्य संस्थाहरुमा सिलबन्दी

आधा दर्जन स्वास्थ्य संस्थाहरुमा सिलबन्दी

राजेन्द्र महतो, लहान

स्वास्थ्य कार्यालय सिरहाले आधा दर्जन नीजि स्वास्थ्य संस्थाहरुमा सिलबन्दी गरेको छ । गत जेष्ठ महिनामै पत्र काटेर सिरहाका ८ अस्पताल र ६ पोलिक्लिनिकहरुलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिए पनि हाल सम्म अटेर गरिरहेका थिए । स्वास्थ्य कार्यालयले अनुगमन गरेर त्यस्ता अटेर गर्ने स्वास्थ्य संसथामा सिलबन्दी गरेको हो ।

बिगत लामो समय देखि नविकरण नगराइ सञ्चालनमा रहेको लहानको लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल क्लिनिक, सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिक बन्द गर्न लगाएको स्वास्थ्य कार्यालय सिरहाका शाखा अधिकृत उमेश कुमार कर्णले बताएका छन् ।

त्यसैगरी लहानस्थित मेरी गोल्ड पोलिक्लिनिक एण्ड डाईगनोस्टिक सेन्टर प्रालिलाई बन्द गराएर प्रहरी निगरानीमा राखिएको स्वास्थ्य शाखा अधिकृत कर्णले बताए । स्वास्थ्य कार्यालय सिरहाका प्रमुख नागेन्द्र प्रसाद यादवको नेतृत्वमा इलाका प्रहरी कार्यालय लहानका प्रतिनिधि खटिएको टोलीले अबैध रुपमा सञ्चालित स्वास्थ्य संस्थाहरुमा शिलबन्दी गरिएको स्वास्थ्य अधिकृत कर्णले बताएका हुन् । बाँकी रहेका रहेका स्वास्थ्य संस्थाहरुले भने नियम अनुसार नविकरण गराएका छन् ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: