अबैध रुपमा रकम असुल्दै शिवाकोटी मेनपावर, मेनपावरमा छापा

अबैध रुपमा रकम असुल्दै शिवाकोटी मेनपावर, मेनपावरमा छापा

काठमाडौंमा रहेको शिवाकोटी मेनपावरले अवैध रुपमा रकम असुली रहेको पाइएको छ । दुवइका लागि १ लाख १० हजार मागेपछि पिडित युवाहरुले वैदेशिक रोजगार विभागमा जानकारी गराएका थिए । जानकारी पाए लगतै विभागको टोलीले मेनपावरमा छापा मारेको छ ।

फ्रि भिसा फ्रि टिकेटमा पनि दुवइ पठाउन १ लाख रकम बढी मागेपछि विभागमा युवाहरुले जानकारी दिएका थिए । ताप्लेजुङ घर भएका पासाङ लामा र प्रकाश शेर्पालाई मेनपावरका कर्मचारीले १ लाख १० हजार रकम माग गरेको उनिहरुले बताएका छन् । शुक्रबार बसपार्कको बिजी मल अगाडि मेनपावरका कर्मचारीले रकम बुझ्दा बुझ्दै बैदेशिक रोजगार बिभागको टोलीले रंगेहात पक्राउ गरेको हो ।

भनेजति पैसा नदिए टिकट रद्द गरिदिने धम्की समेत मेनपावरले दिएको पीडित युवाहरुले बताएका छन् । रकम बुझ्दा रंगेहात पक्राउ परेका व्यक्तिले मेनपावरका कर्मचारीले पैसा लिन आफ्नै मोबाइल सहित पठाएको बताएका छन् ।

बैदेशिक रोजगार बिभागले १० हजार भन्दा बढी सेवा शुल्क लिन नपाउने भएपनि मेनपावरले १ लाख १० हजार लिएकोको कारण शिवाकोटी मेनपावरलाई कारबाहीको दायरामा ल्याइने बिभागले बताएको छ ।

शिवाकोटी मेनपावरका सञ्चालकले भने रकम माग नगरेको जवाफ दिए । राजन पौडेल नामक शिवाकोटी मेनपावरकै एजेन्टले पैसा माग गरिरहेको प्रमाण समेत युवाहरुले दिएका छन् । शुक्रबार उडान तय भएका अन्य सात जनाबाट समेत शिवाकोटी मेनपावरले नियम बिपरित १ लाख १० हजार लिएको खुलेको छ ।
इपूर्वको सहयोगमा


सम्बन्धित खवर