प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधी रतुवामाइका सुजनलाई

प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधी रतुवामाइका सुजनलाई

पथरी, प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधी सुजन विष्टले हात पारेका छन् । मोरङको रतुवामाई १० मा रहेको महेन्द्र माविको कक्षा १२ मा अध्ययनरत विष्टले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी हात पारेका हुन् । उनले प्रथम पुरस्कार नगद २५ हजार, मेडल र प्रमाण पत्र हात पारे । सामुदायिक शान्तिका लागि धार्मिक सहिष्णुता विषयमा भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा क्यापसका विद्यार्थीहरु सहभागी थिए ।

प्रतियोगिताको दोस्रो पुरस्कार भानुजन मावि ताप्लेजुङबाट सहभागी एलिना दियालीले हात पारिन, उनले नगद १५ हजार, मेडल र प्रमाण पत्र पाइन् । यस्तै तेस्रो पुरस्कार एभरेष्ट आवासीय मावि पथरीका छात्र भिमकुमार भण्डारीले हात पारे, उनले नगद १० हजारसंगै मेडल र प्रमाणपत्र पाए ।

सो प्रतियोगिताको निर्णायकमा पब्लिक स्पीकर सिजन २ का बिजेता रमेश प्रसाँई, युवा समाजसेवी मञ्जरी घिमिरे र यज्ञ प्रसाद पोखरेल रहेका थिए । प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि प्रदेश सांसद कुुशल साम्बा, नगर प्रमुख दिलिप कुमार राई, संविधान सभा सदस्य चण्डी प्रसाद राई, निर्णायकहरु लगाएतले पुरस्कार वितरण गरेका थिए ।

सिडिएफ नेपाल र अन्तरधार्मिक युवा संजाल लेटाङको आयोजनामा भएको कार्यक्रम शुक्रबार मोरङको पथरीशनिश्चरे २ मा रहेको सिन भिलेज पार्टिप्यालेसमा सम्पन्न भएको हो ।



सम्बन्धित खवर