शिक्षामा अर्जुन दृष्टि लगाउनुको विकल्प छैन् ः सुयर्माराज राई

शिक्षामा अर्जुन दृष्टि लगाउनुको विकल्प छैन् ः सुयर्माराज राई

पथरी, प्रदेश १ का सांसद सुयर्माराज राईले शिक्षामा अर्जुन दृष्टि लगाउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार मोरङको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पसको कम्प्युटर प्रयोगसालाको उद्घाटन गर्दै राइले सो कुरा बताएका हुन् ।

राइले आफुँपनि शिक्षण पेशाबाट नै आएको हुँदा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बुझेको बताए । राइले भने “हामीले देश विकास गर्नु छ भने शिक्षालाई नै अर्जुन दृष्टि लागाउनुको विकल्प छैन् । पथरी बहुमुखी क्याम्पसलाई पूर्वको नमूना क्याम्पसको रुपमा विकास गर्नका लागि के गर्नुपर्छ त्यसको लागि म तयार छु । योजना बनाएर सबै मिलेर अघि बढौँ मेरो कार्यकालमा मेरो क्षेत्रमा शिक्षामा भरपुर लगानी गर्न प्रतिवद्ध छु ।”

राइले सांसद विकास कोषबाट पथरीबहुमुखीलाई कम्प्युटर ल्याबका लागि ८ लाख सहयोग गरेका छन् । सो रकमबाट १६ थान ल्यापटप, फोटोकपी मेसिन १ थान, किबोर्ड २० थान, माउस २० थान, माउस प्याड २० थान र मल्टिप्लक ६ थान खरिद गरिएको क्याम्पस प्रमुख चेतन पौडेलले जानकारी दिए । कार्यक्रममा क्यामपस लेखा समिति संयोजक केशव प्रसाद दाहाल, संचालक समिति अध्यक्ष मोहन कुमार न्यौपाने, स्ववियु सभापति गोपाल साँवा लगाएतले सांसद राईको सहयोग प्रति धन्यवाद ज्ञापन गरेका छन् ।

यसैविच राईले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भागिरथ माविमा पनि शिक्षकहरुसंग अन्तरक्रिया गरेका छन् । शिक्षामा सुधारका लागि के के कुराको आवश्यकता छ सो को जानकारीका लागि पनि सबै विद्यालयका शिक्षकहरुसंग बस्ने राइले बताए ।

भागिरथ माविले बालि तथा कृषि विज्ञानको अध्यापनका लागि तयारी गरिरहेको प्रअ डिल्लीराज दाहालले जानकारी दिए । विद्यालयलाई तत्काल १४, १५ कोठाको भवन, ल्याबका लागि खर्च अभाव, भवन अभाव रहेको लगाएतका विषयहरु सांसद राईलाई जानकारी दिए ।

प्रस्तावना सहित आवश्यक बजेट निर्माणका लागि पहल गर्न राईले सुझाएका छन् । आफुले सकेसम्मको सहयोगका लागि तत्पर रहेको समेत प्रतिवद्धता जनाएका छन् । राईले यस बाहेक पनि आफ्ना निर्वाचन क्षेत्रमा निरन्तर रुपमा जनताका समस्या र गुनासाहरु लिनेकाम गरिरहेका छन् ।


सम्बन्धित खवर