पथरीमा आगलागी ४ लाख बराबरको क्षति (भिडियो सहित)

पथरीमा आगलागी ४ लाख बराबरको क्षति (भिडियो सहित)

पथरी, मोरङको पथरीशनिश्चरे १० मा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो ११ः३० बजे स्थानीय लक्ष्मण वाग्लेको किचन र गाई गोठमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

आगलागीबाट किचनमा रहेको खाद्यान्न, भाँडाबर्तन जलेर पूर्ण रुपमा क्षति भएको छ । गोठमा रहेको गाईको एक पट्टिको भाग जलेर सामान्य घाइते भएको छ । घरधनी वाग्लेको पनि आगो नियन्त्रणमा लिने क्रममा एकपट्टिको साइडमा सामान्य रुपमा आगोले जलेको छ । वाग्लेको पथरीमा उपचार भएको छ । आगलागी करिब ४५ मिनेट पछि दमक नपाको बारुण यन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । गाइलाई खोले पकाउने चुलोबाट आगो सल्किएको हुनसक्ने अनुमान अनुमान गरिएको छ । विहान खोले पकाएर आगो निभइएको भएता पनि कतै झिल्काहरु रहेको हुन सक्ने र सोहीबाट आगो सल्किएको हुन सक्ने वाग्लेले बताए ।

यसैबिच नगर उपप्रमुख यमुना विष्ट बास्तोला, वडा सदस्यहरुले पनि घटना स्थलको निरिक्षण गरेका छन् ।

भिडियो

सम्बन्धित खवर