दुःखद खबर, बिहानै त्रिशूली नदिमा बस खस्यो, ३ जनाको मृत्यु

दुःखद खबर, बिहानै त्रिशूली नदिमा बस खस्यो, ३ जनाको मृत्यु

धादिङ, सर्लाहीको मलङ्गवाबाट काठमाडौँ जाँदैगरेको ना ६ ख ७४६९ नं. को यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।

सम्बन्धित खवर