ओलीले गरे स्तनपान कक्षको उद्घाटन

ओलीले गरे स्तनपान कक्षको उद्घाटन

देवेन्द्र किशोर ढुंगाना, विर्तामोड

झापाको दमक नगरपालिकाले आफ्नै कार्यालयमा स्तनपान कक्ष स्थापना गरेको छ । बुधबार विश्व स्तनपान सप्ताह समापनको अबसर पारेर एक कार्यक्रम बीच नगर प्रमुख रोमनाथ ओलीले सो स्तनपान कक्षको उद्घाटन गरेका हुन् ।

नगर प्रमुख ओलीले नगरपालिकामा आउने सेवाग्राहीहरु र सर्वसाधारणहरुलाई लक्षित गरी कक्ष संचालनमा ल्याएको बताए । स्तनपान कक्ष शुभारम्भको क्रममा नगर उप प्रमुख गीता अधिकारी, वडाध्यक्ष सुपतिराज गौतम, कार्यपालिका सदस्य भक्तादेबी दाहाल लगायतले नगरपालिकामा आउने महिला सेवाग्राही तथा महिला कर्मचारीहरुका लागि स्तनपान कक्ष उपयोगी हुने कुरामा जोड दिए ।

श्रावण १६ गतेदेखि २२ गतेसम्म विश्वभरि बिभिन्न कार्यक्रम गरि स्तनपान सप्ताह मनाउने गरेको छ । सप्ताह कार्यक्रम अन्तर्गत दमकमा शिशुका लागि स्तनपानको उपयोगिता सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो ।

सम्बन्धित खवर