पथरी, पारान कम्पनीले मावन स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने गरेको पाइएको छ । पारान कम्पनीले उत्पादन गरेको फ्रुट कक्टेलमा लेउ भेटिएपछि यस्तो बाहिरिएको हो ।
मोरङ पथरीशनिश्चरे ९ का इश्वर दुलालले पारानको फ्रुट कक्टेलमा लेउ भेटिएको भन्दै आफ्नो सामाजिक संजाल फेसबुकमा लेउ सहितको फोटो अपलोड गरेका छन् । साथै उनले लेखेका छन् पारान कम्पनीले उत्पादन गरेको फ्रुट कक्टेलमा लेउ फेला प¥यो, प्रयोग गर्ने मिति सन् २०२० सम्मको रहेको समेत उनले खुलाएका छन् । साथै सो भिडियो समेत आँफुसंग सुरक्षित रहेको दुलालले लेखेका छन् ।
उनको स्टाटस ः
स्थानीय एक रेस्टुरेन्टमा खाजाका लागि पुगेका दुलाले जुसका लेउ पाइएपछि यो के हो ? भनेर सोध्दा उल्टै रेस्टुरेन्ट साहुले सिलप्याक आउने भएकाले आफुहरु नै मारमा पर्ने गरेको गुनासो गरेका छन् । सिलप्याक सामान ल्याउँदा पनि यस्तो अखाद्ध बस्तु फेला परेपछि पारान कम्पनीमा चरम लाहपर्वाही हुने गरेको बुझिएको छ ।