इमान्दार खसी र बिरामी घोडा (लघु कथा)

इमान्दार खसी र बिरामी घोडा (लघु कथा)

एउटा किसानको घोडा बिरामी भयाे । उपचारका लागि पशु डाक्टरलाई बोलायो । डाक्टरले घोडा नियाल्दै भने, ‘तपाईंको घोडा निकै बिरामी भइसक्याे, तीन दिनसम्म औषधि दिएर हेर्छु । तर निकाे भएन भएन भने मार्नुपर्छ किनकी यसको संक्रमण अरु जनावरमा पनि सर्नसक्छ ।’
यो कुराकानी छेउमै बसिरहेकाे खसीले सुनिरहेको थियो ।

अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।
ऊ गएपछि खसी घोडाको छेउमा गयो र भन्यो, ‘उठ साथी हिम्मत गर, नत्र यिनीहरुले तिमीलाई मारिदिन्छन् ।’

दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो, ‘साथी तिमी उठ्नैपर्छ, हिम्मत गर, नत्र तिमी मारिन्छौ । म तिमीलाई मदत गर्छु, ल उठ ।’
तेस्रो दिन जब डाक्टर आए र किसानलाई भने , ‘अाेहाे, केही सुधार भएन, अब यसलाई मार्नुपर्छ ।’

खसी फेरि घोडाको छेउमा गयो र भन्यो, ‘देख्यौ साथी, अब तिम्रो लागि गर या मर भन्ने स्थिति आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । हिम्मत गर , प्रयास गर ।
घोडा जुरुक्क उठ्छ ।
खसी भन्छ, ‘हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास ! घोडा तेजले दौदिन्छ ।

किसान खिन्न हुँदै अाउँदा त घोडा उठेर दौडिरहेको छ ।

किसान पनि खुशीले नाच्न थाल्यो । घरपरिवार र छिमेकीलाई जम्मा गरेर खुशीले चिच्याउन थाल्यो, ‘चमत्कार भयो, मेरो घोडा ठीक भयो, यसको खुशीमा हामीले उत्सव मनाउनुपर्छ, आज घरको खसी काट्छु र सबैलाई खसीको बिर्यानी खुवाउँछु ।’
खसी काटिन्छ र भव्य भोज हुन्छ ।


जसले अरुको भलो गर्दै हिँड्छ । उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ । हो त्यस्तै छ यो दुनिया अनि समाज विचरा घोडाको ज्यान बचाउन यत्रो भूमिका खेलेको खसीले मृत्युको पासोमा पर्नु प¥यो ।

यो सामग्री सामाजिक संजालबाट साभार गरिएको हो ।


सम्बन्धित खवर