प्रताप मुस्कानको प्रगती

प्रताप मुस्कानको प्रगती

काठमाडौ
पछिल्लो समय नेपाली हास्यक्षेत्रमा नयाँ कलाकारको प्रवेश हुने क्रम वड्दो छ । यसै क्रममा हास्यक्षेत्रमा संर्घषरत छन् भोजपुरका प्रताप मुस्कान चहर । सानै देखी कलाकार वन्ने सपना लिएका उनलाई कलाकारका रुपमा परिचय भने मलेसियामा हुने नेपाली सांगितीक कार्यक्रमले दिलायो ।
मलेसियाका विभिन्न कार्यक्रममा उनले ‘क्यारीकेचर’ गरे,गित गाए र आफ्नो परिचय वनाए । कुनै वेला मलेसियाका कार्यक्रममा मौका पाउ भन्दा स्टेच चढन निक्कै संर्घष गर्नु परेको अनुभव वोकेका चहर अहिले नेपाली विभिन्न हास्य टेलिश्रृखलामा हास्य कलाकारका रुपमा अभिनय गरिरहेका छन् ।
भोजपुर वाट मलेसिया जादा राम्रो कमाइ गर्छु भन्ने सोच राखेका उनी पछि पछि आफ्नो प्रतिभा दर्शक सामु प्रस्तुत गर्न थाले । नेपाली हरु माझ उनी हास्यकलाकारका रुपमा परिचित हुन थाले । मलेसियाको मलक्कामा रोजगारीमा रहेका उनले सोहि वेला मलक्का मुहार जोहर र क्लालम्पुर सम्मका स्टेजमा आफुलाइ अव्वल सावित गरे । मलेसियामा रहदै एक लोक गितमा स्वर भरे भने उनले एक गितमा अभिनय पनि गरे ।
सवै क्षेत्रमा सहभागीता देखाएका उनले पछिल्लो समय छोटो चलचित्रको निर्देशन पनि गरेका छन् । ‘घण्टी वावा’नामको छोटो चलचित्रको निर्देशन गरेका उनी हास्य श्रृखला गोलमालका कलाकार हुन् । त्यसो त नेपाल आएपछि सिंहदरवार,खोतलखातल,रिसानीमाफ र प्लीज डन्टमाइण्ड लगायतका टेलि श्रृखलामा आफ्नो अभिनय कला देखाइसकेका चहर भविश्यमा सफल कलाकार वन्ने लक्ष्य राख्छन् ।
उनी नेपाली कलाकार र नेताको दुरुस्तै क्यारीकेचर गर्न सक्छन् । ‘मेरो स्वभाव नै हास्य कलाकार जस्तो छ’ उनी भन्छन् । उनले केहि नेपाली चलचित्रमा समेत अभिनय गरेका छन् । उनी अभिनीत चलचित्र प्रर्दशनमा भने आएको छैन् । मिस्टर नेपाली,साङलो,लप्पन छप्पन २ ,तिन साल र गोवर प्रसादमा अभिनय गरेका चहरको अभिनय कलाको वारेमा दर्शकको प्रतिक्रिया भने हेर्न वाकि नै छ ।

सम्बन्धित खवर