झापामा पोखरीमा डुबेर बालिकाको मृत्यु

झापामा पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर झापामा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ६ स्थित शान्तिनगर बस्ने खड्क सुब्बाको १५ महिनाकी छोरी शाख्तिम रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार मंगलबार दिउँसो घर नजिकैको माछा पोखरीको छेउमा खेल्ने क्रममा नाबालिकाको सोही माछा पोखरीमा परी डुबेर बेहोस भए पछी उपचारका लागि बिर्तामोड लैजानै क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

सम्बन्धित खवर