पत्रकार शालिकराम पुडासैनी होटेलमा झुन्डिरहेको अवस्थामा फेला, अनुसन्धान जारी

पत्रकार शालिकराम पुडासैनी होटेलमा झुन्डिरहेको अवस्थामा फेला, अनुसन्धान जारी

 

काठमाडौं, २१ साउन ।
चितवनको पोखरा बसपार्कमा रहेको होटल कङगारुमा माउन्टेन टेलिभिजनका पत्रकार झुन्डिएको अवस्थामा फेला परेका छन् ।

टेलिभिजनमा मिसन न्यूज सञ्चालन गर्दै आएका पत्रकार शालिकराम पुडासैनी सोमबार काठमाडौ बाट समाचार संकलनकै क्रममा चितवन पुगेका थिए । होटलले प्रहरीलाई दिएको जानकारी अनुसार सोमवार दिउसो करिव ३ बजे होटल बुकीङ गरेर केही समय होटलको कोठामा बसी उनी होटलबाट बाहिर गएका थिए । साँझ होटलमा आएका उनले आफूले साधा खाना खाने बताउदै खाना खान तल झर्ने जानकारी दिएर कोठामा गएका थिए ।

राति ८ बजेसम्म पनि खान खान तल नझरेपछि होटलका कर्मचारी उनि बसेको कोठामा पुगी ढोका ढकढक्याउदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमै रहेका प्रहरीको जानकारी अनुसार कोठाको पंखामा नाइलनको डोरी प्रयोग गरि पासो लगाएको अवस्थामा उनलाई प्रहरीले फेला पारेको बताइएको छ । थप अनुसन्धानको काम अगाडी बढाउने चितवन प्रहरीले बताएको छ ।


सम्बन्धित खवर