लेटाङको घुम्तिमा आगलागी ५० लाख बराबरको क्षति

लेटाङको घुम्तिमा आगलागी ५० लाख बराबरको क्षति

पथरी, लेटाङ नगरपालिका वडा नं. ६ घुम्तिमा विधुत सर्ट भई आगलागी भएको छ । आगलागीबाट २ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट ५० लाख बराबरको क्षति भएको लेटाङ प्रहरीले जनाएको छ ।

मेसबहादुर गजमेरकोे भान्साबाट विधुत सर्ट भई आगो उठेको प्रहरीले जनाएको छ । भान्सावाट आगो सल्किदा भान्सा नजिकैमा रहेको छिमेकीहरु भक्त राई, डोल प्रसाद मगरको घरमा आगो लाग्दा दुई घर पूर्ण रुपमा क्षति भएका छन् । गजमेरको भान्सा कोठा पूर्ण रुपमा जलेको छ ।

विहान करिव ४ः३० वजे तिर उक्त घट्ना भएको हो । सुन्दरहरैचा नगरपालिकाबाट आएको दमकल, ईलाका प्रहरी कार्यलय लेटाङ, नेपाल आर्मी, लेटाङ नगरपालिका र स्थानियको सहयोगमा आगो एक घण्टा पछि नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी नायव निरिक्षक दिपक कटुवालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर