अनिलाको अभिनय क्रेज

अनिलाको अभिनय क्रेज

धनकुटा

धनकुटा मुगामा जन्मिएकी अनिला राई नेपाली रंग क्षेत्रमा उदाउन चाहन्छिन ।  आधुनिक  गितमा मोडलिङ गरेर अभिनयमा हाम फालेकी उनी अबसर पाए नेपाली चलचित्र क्षेत्रमा आउने सोचमा छिन ।

नृत्य गर्न र अभिनय गर्ने मन पराउछिन । केही समय अभिनय र नृत्यको प्रशिक्षण लिएकी उनले आधा दर्जन गितमा आफ्नो अभिनय प्रतिभा देखाइसकेकी छ्न ।

सयौ जुनि बोलको गितले चर्चामा ल्याएको बताउने उनी अभिनयका लागि परिवार बाट राम्रै ´सपोर्ट ` पाइरहेको बताउछिन। नेपाली कला क्षेत्रमा बेग्लै छाप छोडने उनिलाइ पछिल्लो समय केही म्युजिक भिडियोमा अफर आएको छ ।

बुवाको मृत्यु पछि अभिनयमा आफ्नो ध्यान जान नसकेको बताउने उनी केही समय पछि केही म्युजिक भिडियोमा देखिने छिन । अंगप्रर्दशन  समाजले पचाउने सम्म मात्र गर्नु पर्ने बताउने उनी नागिएर अभिनय नगर्ने बताउछिन । हाल इटहरीमा बस्दै आएकी राई नेपाली चलचित्र क्षेत्रमा अबसर पाए अभिनय गरेर प्रतिभा प्रस्तुत गर्ने बताउछिन ।

सम्बन्धित खवर